Logo
Logo

विभिन्न विकल्पबारे छलफल भइरहेको छ : अध्यक्ष नेपाल


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको सम्बन्धमा अहिले विभिन्न विकल्पहरूबारे छलफल भइरहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि अध्यक्ष नेपालले आफूहरूसँग विभिन्न विकल्पहरू रहेको र ती सबैमा छलफल भइरहेको बताएका हुन् ।

तपाईं राष्ट्रपतिको उम्मेदवार बन्ने हो भन्ने प्रश्नमा उनले छलफल जारी रहेको बताए । अध्यक्ष नेपालले भने, ‘हामीसँग अहिले विभिन्न अप्सन छन्, तीमध्ये जुनले देशको हित गर्छ त्यही छान्ने हो । व्यक्ति को बन्छ भन्ने भन्दा पनि देशको हित कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्