काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न नमिल्ने बताएका छन् ।

आज (बिहीबार) आफ्नै निवास बालकोटमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले सो कुरा बताएका हुन् । पूर्वसहमतिअनुसार नै प्रधानमन्त्री प्रचण्ड अघि बड्ने ओलीको भनाइ थियो ।
उनले पुस १० गते नै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि सम्झौता गरिसकेको जानकारी दिए । त्यसैले प्रधानमन्त्री प्रचण्डले अरु पार्टीको उम्मेदवारलाई समर्थन नगर्ने ओलीको भनाइ थियो ।
उनले भने– ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सपोर्ट गर्दैगर्नु हुन्न । गर्नै मिदैन । किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो ।’
गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति र सभामुख एमालेले लिने विषयमा कुराकानी भएकोले त्यो सहमतिबाट माओवादी पछि हट्न नमिल्ने एमालेको भनाइ छ ।














