काठमाडौं । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सरकारी कार्यालयहरु शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले बताए । उनका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरी कार्यालय खोल्ने निर्णय गरेको हो । त्यसका लागि सरकारले अत्यावश्यक कार्यालयहरुको सूची तयार गर्ने भएको छ ।














