Logo
Logo

‘नयाँ गठबन्धन बन्ने वा नबन्ने शुक्रबार निर्णय हुन्छ’


2.3k
Shares

काठमाडौं । राष्ट्रपति चयनबारे बिहीबार साँझ बसेको तीन दलको बैठक निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

तीन दलको बैठकले शुक्रबार नेपाली कांग्रेससँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा निर्णय गर्ने भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषयमा निर्धारण हुने बताए । उनले भने, ‘हामी ३ दल र नेपाली कांग्रेसबीच भोलि शुक्रबार छलफल गर्ने सहमति भएको छ । भोलिकै बैठकबाट नयाँ गठबन्ध बन्छ कि बन्दैन भन्ने विषयको निर्धारण हुन्छ ।’

यस्तै, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि दलहरुबीच छलफल भएपनि ठोस सहमति भइनसकेको बताएका छन् । उनले माओवादी, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने विषयमा छलफल भएको बताउँदै भने, ‘हाम्रो पार्टीको सचिवालयले कांग्रेस वा अन्य दलहरु सबै राजनीतिक सन्दर्भमा कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार छलफल गरिरहेका छौँ ।’

राष्ट्रिय सहमतिको रुपमा अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए स्वीकार गरिने उनको भनाइ छ । तर, उनले पुरानो गठबन्धनमा ब्युँत्याउने विषयमा भने ठोस छलफल नभएको बताए ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल राष्ट्रपति चयनबारे छलफल भएको थियो । उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्