Logo
Logo

राष्ट्रपतिबारे निर्णायक वार्ता गर्दै प्रचण्ड-ओली


3.6k
Shares

काठमडाैं। प्रधानमन्त्रीसमेत पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भावी राष्ट्रपतिका विषयमा अध्यक्ष ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका हुन् ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रचण्डले सार्वजनिक गरेका छन् । नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बिच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन । 

‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले सञ्चारर्कीसँग बुधवार भने, ‘भोलि (आज)  एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’ सो अघि बिहान नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्