Logo
Logo

‘फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार’बाट लामा र श्रेष्ठ सम्मानित


756
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार’ पत्रकार रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

शुक्रबार फोनिज युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको हो ।
संघीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान तथा पुरस्कार सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदान गरे । लामा र श्रेष्ठ दुबैजना २०४९ सालदेखि पत्रकारितामा लागेका हुन् ।

फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष सम्मानित र पुरस्कार प्रदान गर्दै आएको छ । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार र सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्