Logo
Logo

सेरोमोनियल राष्ट्रपतिलाई कार्यकारीजस्तो बहस हुनु दुखद् : जनार्दन शर्मा


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिका विषयमा राजनीतिक दलहरुका बीचमा व्यापक छलफल हुन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको रुपमा चर्चा हुनु भने दुखद् भएको बताए ।

उनले भने, ‘आज सेरोमोनियल राष्ट्रपतिको प्रसंगलाई कार्यकारी राष्ट्रपतिको जस्तो बहस भइरहेको छ । यो दुखद् कुरा हो । पहिलो अजेण्डामा सहमति गरौं ।’

उनले राष्ट्रिय सहमतिका आधारमा यस्ता कुरा टुंग्याउनु पर्ने बताए। शर्माले देशले राष्ट्रिय सहमति खोजेको बताउँदै सबै पार्टीलाई समेटेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नु पर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्