Logo
Logo

बालुवाटारबाट ओली बाहिरिएलगत्तै कांग्रेस नेता प्रवेश 


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । 

राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न उनी बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा छलफल भएको थियो । 

आली बाहिरिएलगत्तै नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । ओली बाहिरिएपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू बालुवाटार प्रवेश गरेका हुन् ।  अहिले कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीबीच छलफल भइरहेको छ । 

बिहान पनि राष्ट्रपति निर्वाचनबारे यी चार दलबीच छलफल भएको थियो । यो बैठकले राष्ट्रपति र उपराष्ट्रपतिसहितका पद भागबन्डाको फाइनल गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्