Logo
Logo

पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परीक्षण


3.1k
Shares

काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूहद्वारा निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको छ ।

समूहले आज (शुक्रबार) हात्तीगौँडास्थित छहारी भवनमा आफ्नो २९औँ स्थापना दिवसको अवसरमा नेपाल क्यानसर हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महिला तथा एकल महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ ।

संस्थाका पूर्वअध्यक्ष एवं मानव अधिकार अभियन्ता लिली थापाले २९ वर्ष लामो अभियानमा धेरै उपलब्धि हासिल भएको बताए । उनले भने, ‘‘कानूनी, राजनीति र सांस्कृतिक रुपमा तर स्वास्थ्यको हिसाबमा हामी धेरै सचेत हुन सकेनौँ । अहिले केही समयअघिबाट एकल महिलाहरुको स्वास्थ्य अधिकारका पहुँज विस्तार गर्नका लागि राजधानीका केही अस्पतालहरुमा समन्वय गरिरहेका छौँ ।’

सम्बन्धित अस्पतालहरुले जटिल प्रकारको उपचारहरुमा निश्चित रकम छुट गर्दा एकल महिलाहरुको स्वास्थ्य उपचारमा सहज भएको उनले बताए । उनले भने, ‘सम्बन्धित अस्पतालहरुले जटिल प्रकारको उपचारहरुमा निश्चित रकम छुट गर्छ, जसले एकल महिलाहरुको स्वास्थ्य उपचारहरुमा सहज हुने गरेको छ । पछिल्लो पटक हरिसिद्धिस्थित क्यान्सर अस्पतालसँग सहकार्य गरेका छौँ । आज बूढानीलकण्ठ नगरपालिकाको २९औं स्थापना दिवसको अवसरमा काठमाडौंका नजिक नजिक स्थानका एकल महिलाहरुको स्तन र पाटेघरको मुखको क्यान्सरका परीक्षण गराउन मध्यस्त गराएका छौँ ।’

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरु र एकल महिलाहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५२ सालमा स्थापित उक्त संस्था एकल महिलाका हक–अधिकार तथा सशक्तीकरणका लागि वकालत गर्ने गौरसरकारी सामाजिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्