काठमाडौं । आसन्न राष्ट्रपतिको निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका नेताहरुबीच कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसको लागि भोलि (शनिबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा छ । पछिल्लो समय सभापति शेरबहादुर देउवा नै राष्ट्रपति बन्नुपर्ने चर्चा पनि छ ।














