काठमाडौं । बालुवाटारमा आठ दलको सहमति जुटेपछि नेकपा एमालेले ‘धोकाको राजनीति’ भएको बताएको छ ।

आज (शुक्रबार) साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको संयुक्त बैठक बसेको थियो । बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलको सहमति भएपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले छोटो प्रतिक्रिया दिँदै ‘धोकाको राजनीति’ भएको बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दललाई धोका दिएको बताए ।














