काठमाडौं । बालुवाटारमा ८ दलबीच सहमति जुटेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘पिँजडा भत्किएको’ बताएका छन् ।

आज साँझ बालुवाटारमा राष्ट्रपति कसलाई दिने भन्ने टुंगो लगाउन बालुवाटारमा बैठक बसेको थियो । ८ दलीय बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयपछि सामाजिक सञ्जालमा ट्वीटरमा प्रतिक्रिया दिँदै महामन्त्री शर्माले ‘पिँजडा भत्किएको’ बताएका हुन् । उनले एमाले नेतृत्वको गठबन्धनलाई पिँजडाको संज्ञा दिँदै राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय भएको जानकारी दिएका छन् ।














