
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित भएका छन् । जिल्ला कमिटीको १३औ अधिवेशनले बस्नेतकाे नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।














