Logo
Logo

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँट


1.2k
Shares

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज (आइतबार) बाँडफाँट गरेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो । हाइड्रोपावरले माघ फागुन २७ गतेदेखि ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

उक्त आईपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ ।

हाईड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्