जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका समस्यालाई समाधान गर्न सबै राजनीतिक दल एकजुट आवश्यक रहेको छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको बताउँदै त्यसको समाधानका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गर्दै भने, ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि प¥यो । मिलेर जानुपर्छ । यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ ।’
उनले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका विषय अनुमानका कुरामात्र भएको बताए । अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आह्वान गरिरहेको बताउँदै एजेन्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।














