Logo
Logo

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारमा बस्ने भएको हो ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

माघ २३ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्