Logo
Logo

विश्वकप लिग-२ : नेपालले चौथो विकेट गुमायो


1.8k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले चौथो विकेट गुमाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा ९ ओभारमा ५८ रन बनाएर नेपालले चौथो विकेट गुमाएको हो । नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट भए ।

नेपालका रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए भने ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिना रन आउट भएका छन् । त्यस्तै ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाएर आउट भएका छन् । अहिले कुशल मल्ला र आरिफ शेखले ब्याष्टिङ गरिरहेका छन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।

लिग टुकोे अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्