
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले दोस्रो विकेट लिएको छ । टस हारेर फिल्डिङ गरेको नेपालले १८.३ ओभरमा पपुवान्यूगिनी (पिएनजी) को अर्को विकेट लिएको हो ।
कुशल मल्लले बलिङ गर्दा आसिफ शेखले पिएनजीका सेसे बाउलाई रनआउट गरेका हुन् । उनले ११ रन बनाएर आउट भएका हुन्। जसमध्ये एक चौका प्रहार गरेका थिए ।
यसअघि सन्दीप लामिछानेले ११.३ मा ओपनर किपलिन डोरिगालाई एलबिडब्लुमार्फत आउट गरेका थिए ।










