Logo
Logo

आइतबार सुनचाँदीको मूल्य बढ्यो


756
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीी महासंघले जनाएको छ ।

गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 
आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ । 

यसैगरी तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस्