Logo
Logo

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले दोस्रो जित


945
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा मनाङले न्यु रोड टिम (एनआरटी) लाई ३–१ ले हराएको हो ।

दुवै हाफमा गोल गरेको मनाङको जितमा रोशन राना मगर, कोफी कुडु र बेन्चबाट प्रवेश गरेका साइदजमोल दाभ्लातजोनोभले गोल गरे । एनआरटीका अशोक थापा मगरले सान्त्वना गोल फर्काए ।

यस जितसँगै मनाङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले ४ खेलमा ८ अंक जोड्दा जितविहिन एनआरटी भने पुछारबाट दोस्रोमा छ । एनआरटीको ४ खेलमा मात्र १ अंक छ ।

त्यसअघि च्यासल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफ फुटबल क्लबले विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराएको थियो । जितसँगै एपिएफको ७ अंक तथा आर्मीको ५ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्