Logo
Logo

प्रधानन्यायाधीश शर्माले भने- ईनमसँग मेरो कुनै सम्बन्ध छैन


630
Shares

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै विज्ञप्तिमार्फत उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका हुन् ।

प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् । उनले भनेका छन्, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिँकतै भेटेको पनि छैन ।’

ईनमसँग सम्बन्धित प्रसंगमा आफ्नो नाम जोडेर समाचारहरू प्रकाशित भएकोप्रति उनले आपत्ति जनाएका हुन् । उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्