Logo
Logo

आईसीसी विश्वकप लिग- २ : यूएईविरुद्ध गुल्सन झाको अर्धसतक


3.3k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा गुल्सन झाले यूएईविरुद्ध अर्धसतक पूरा गरेका छन् । उनले ४७ बलमा २ चौका प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् ।

आजको खेलका अर्धसतक पूरा गर्ने गुल्सन चौथो खेलाडी हुन् । यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम साकीले पनि अर्धसतक पूरा गरेका थिए ।

आरिफले ६२ बलमा २ चौकासहित ५२ रनमा बनाए । नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औं ओभरको अन्तिम बलमा भीम सार्की एलबीडब्लू आउट भए ।

पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

ओपनर आसिफ शेख तेस्रो बलमै विकेटकिपर अश्वन्त वल्थापाबाट शून्यमा स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्