Logo
Logo

भायानेटले ल्यायो नेपालमै पहिलो २ जिपिबिएस इन्टरनेट


693
Shares

काठमाडौं । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिपिबिएस एक्सजिएस–एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ ।

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।
एक्सजिएस–पिओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जिपिबिएसको डाउनलोड र अपलोड स्पिड प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क जिपिओएनमा आधरित छ ।
हाल, जिपिओएन प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जिबिपिएस र १.२ जिबिपिएसको अपलोड गति छ ।

अब एक्सजिएस–पिओएनको लन्चसँगै ग्राहकहरूले १० जिपिबिएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन् ।

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जिबिपिएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो ।
एक्सजिएस–पिओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ । अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्ने कम्पनीको विश्वास छ ।

यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि–डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ–नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्नेछ ।

हालका लागि नयाँ एक्सजिएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजिएस–एक्सट्रिम लाइन हाल काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ । यद्यपि, भायानेट छिट्टै आफ्ना एक्सजिएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्