काठमाडौं । गायक राजेशपायल राईले सरकारलाई पहिचानको आन्दोलनलाई नहेप्न चेतावनी दिएका छन् । प्रदेश-१ को नाम कोशीप्रति विरोध जनाउँदै उनले सरकारले पहिचानको आन्दोनलाई सानो ठाने हेपेको खोलाले बगाउने बताए ।

उनले धरानमा शनिबार साँझ ‘कोकाहा खानेपानी’ सहयोगका लागि अयाोजित च्यारिटी कन्सर्टमा निःशुल्क गीत गाएका थिए । त्यसक्रममा गायक राईले प्रदेश १ को नाम कोशिप्रति आफ्नो विमति रहेको भन्दै पहिचान पक्षधरहरुको आवाजमा आफ्नो पनि ऐक्यवद्धता रहेको उल्लेख गरे ।
त्यसो त उनले यसअघि पनि केही मिडियाहरुमा अन्तरवार्ताका क्रममा कोशि नामप्रति आफ्नो विरोध रहेको प्रतिक्रिया दिएका थिए । ‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेका गायक राई राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहन्छन् ।

‘कोशी नामप्रति मेरो विमति छ । र प्रदेश सरकारले हामीहरुको मूल्याङ्कन गर्नेछ । के मूल्याङ्कन गर्नुपर्छ भन्ने कुरा मैले बताईरहनु पर्दैन तपाईहरुले बुज्नु भएको छ ’, उनले भने, ‘प्रदेश सरकारलाई मेरो आग्रह पनि र चुनौती पनि छ । यही जनताले सरकार बनाएको हो । त्यसकारण यो आवाजलाई सानो नठान्नु होला । हेपेको खोलाले बगाउँछ । हाम्रो आवाज पनि तपाईहरुकै जस्तो हो । धन्यवाद धरान ।’
यो पनि पढ्नुहोस्











