
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फको मतगणना भइरहेको छ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्। अहिलेसम्म ७ सय मत गन्दा सुरुवाती अग्रता लिएका अन्जन श्रेष्ठलाई पछि पार्दै रामचन्द्र संघाईले अग्रता लिएका छन् ।
७ सय मतगन्दा संघईले २७७ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले २१३ मत ल्याउएर दोस्रो स्थानमा छन् । त्यस्तै उमेशलाल श्रेष्ठले २०३ मत ल्याएका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ । महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन् । एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन् । जिल्लारनगरका ११८ मतदाता छन् ।
बुधबार साँझ सम्पन्न निर्वाचनको काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ । अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्लारनगरतर्फका नजिता आइसकेका छन् ।











