Logo
Logo

बैतडी जिप दुर्घटना अपडेटः फरार चालक पक्राउ


441
Shares

काठमाडौं । बैतडीमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको जीपका चालक पक्राउ परेका छन् ।

मंगलबार राति बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट नियन्त्रणमा लिएको हो । बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो । जीपमा सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए ।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन । ब्रेक फेल भएर जीप सडकबाट ५०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्