Logo
Logo

वरिष्ठ उपाध्यक्षको मतगणना : जिल्लानगरमा अन्जानलाई धेरै मतभार


630
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्लानगरतर्फ अन्जान श्रेष्ठले सर्वाधिक मतभार प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षको जिल्लानगरतर्फ कुल ११७ मत खसेको थियो ।

त्यसमा ११७ भोट गन्दा अन्जानले ४७ मत पाएका हुन् । उनलाई रामचन्द्र संघईले ३९ मत ल्याएर पछ्याएका छन् । यता उमेशलाल श्रेष्ठले जम्मा २८ मत पाएका छन् । महासंघको चुनावमा जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ ।

यता एसोसिएटतर्फको मतगणना सकिँदा राम्चन्द्र संघाईको धेरै मतभार आएको छ । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् ।

यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्लानगरतर्फको मगगणना हुन बाँकी छ ।

जिल्ला–नगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । अहिले वस्तुगततर्फको मत गणना जारी छ ।
एशोसिएट्स र जिल्ला÷नगरको आधार मान्ने हो भने अब निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने छ । बाहिरिएको उम्मेदवारले जसलाई सघाउँछ उसैले निर्वाचन जित्ने संभावना बलियो भएको छ ।

प्रतिक्रिया दिनुहोस्