
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि आजै पुनः निर्वाचन हुने भएको छ । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
महासंघले आज (बिहीबार) दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म पुन मतदानका लागि समय तय गरेको छ । पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् ।
महासंघका अनुसार निर्वाचन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमै हुने छ ।











