Logo
Logo

सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन


4.2k
Shares

काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन भएको छ । उनको सय वर्षको उमेरमा आज (शनिबार) निधन भएको हो ।

शनिबार बिहान ५स्१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको पारिवारिक स्रोतले जनाएको छ ।

‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्ष संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् ।

सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि ( असाेज ३० गते) निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्