Logo
Logo

वर्षमान पुनकी आमामाथी गोली चलाउने प्रहरी हवल्दारलाई हेडक्वार्टर लगियो


2k
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार प्रकाश पुन मगरलाई प्रहरीले पक्राउ गरी प्रहरी हेडक्वाटर लगिएको छ ।

शुक्रबार नयाँ वर्षको पारिवारिक जमघटमा प्रधान न्यायाधीशको सुरक्षाका लागि बालुवाटार पुगेका प्रकाशले गली प्रहर गरी भाग्ने क्रममा प्रहरीले पक्राउ गरी हेडक्वाटर लगिएको हो ।

वर्षमानका रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश प्रधान न्यायाधीशको सुरक्षाका लागि त्यहाँ पुगेका थिए । उनी ड्यूटी सकेर साथमा पेस्तोल लिएरै बालुवाटार गएका थिए ।

त्यहाँ हवल्दार प्रकशले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेर एक्कासी पड्किएको ती अधिकृत बताए । नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशलाई प्रहरी प्रधान कार्यालय, नक्साल ल्याएर सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्