Logo
Logo

मर्जर स्वीकृत गर्न अजोड र युनाइटेड इन्स्योरेन्सले बोलाए साधारणसभा


315
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले मर्जरको सम्झौता पारित गर्न विशेष साधारण सभा आह्वान गरेका छन् ।
गत पुस २६ गते मर्जरको सम्झौता गरेका यी दुई कम्पनीले वैशाख २५ गतेका लागि साधारण सभा आह्वान गरेका हुन् ।

युनाइटेड इन्स्योरेन्सले अजोडलाई ८२.५ रुपैयाँ प्रति कित्ताका दरले गाभ्न लागेको हो । जसअनुसार, १०० कित्ता अजोडका सेयरधनीले ८२.५ कित्ता युनाइटेडको सेयर पाउनेछन् ।

कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थाल्नेछ । मर्जरपछि संयुक्त पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

सभाले यही प्रस्ताव उपर छलफल गरी पारित गर्ने छन्। दुवै इन्स्योरेन्सको गाभ्ने÷गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, डीडीए तथा अन्य गरिएका सहमतिपत्रहरु अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्