Logo
Logo

बानेश्वरबाट १ दर्जन द्वन्द्वपीडित पक्राउ


441
Shares

काठमाडौं । बिभिन्न माग राख्दै काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकमा पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका १ दर्जन द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीका साथै पिडकलाई उचित सजायको व्यवस्थासहित संक्रमणकालीन न्याय सम्बन्धी कानून अघि बढाउनुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले प्रदर्शन गरेको थियो ।

उनीहरुले द्वन्द्वका बेला वेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्