Logo
Logo

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु


630
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको हो ।

यस्तै, यो अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्