Logo
Logo

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम सिफारिस


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा (एमाले)का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्