Logo
Logo

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी


2.7k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक केही बेर अघि सुरु भएको हो ।

सोमबार ओली निवास बालकोटमा सभामुख देवराज घिमिरेसहित बसेको बेठकमा शीर्ष तीन दलका नेताहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानन्यायाधीश नियुक्तीका लागि संवैधानिक परिषदको बैठक बस्न सहमति भएको थियो ।

१४ महिनादेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा छ। महाभियोग लागेर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्। जारी संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्