काठमाडौं । सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठक विना निष्कर्ष सकिएको छ । बुधबार बैठक बसेपनि निचोडमा पुग्न नसकेको हो ।
परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेका अनुसार केही समयअघि बसेको बैठकमा केही निचोडमा पुग्न सकेन । उनले अब केही समयपछि पुनः बैठक बस्ने बताए ।

सिंहदरबार परिसरको फोहोर विगत ११ दिनदेखि उठेको छैन । सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट काठमाडौं महानगरले फोहोर उठाएको छैन । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने मेयर बालेन शाहले अडान लिएका छन् ।
महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रालयले तत्तकालका लागि परिवर्तन नेपाल नामक संस्थालाई राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइको जिम्मेवारी दिएको छ ।











