Logo
Logo

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ करोड १९ लाख ठगी


1.4k
Shares

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा थप १० जना पीडितले जाहेरी दिएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीहरुले जाहेरी दिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

पीडितहरुले सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल लगायतले आफूहरुलाई ठगेको भन्दै जाहेरी दिएका हुन् । २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभनमा पारी ठगी गरेको उनीहरुले बताएका छन् ।

जाहेरी दिने पीडितहरु कास्की, दाङ, मोरङ र रुकुम जिल्लाका रहेका छन् । उनीहरुको करिव ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी गरेको आरोप छ । १० वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्