Logo
Logo

ऊर्जा क्षेत्रका लगानी गर्न लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह


378
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई बुधबार सम्बोधन गदैै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकाले यसलाई अवसरको रुपमा लिँदै ऊर्जा क्षेत्रका लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

‘नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईलाई सहजीकरण र सहयोग गर्न तयार छौँ’ उनले भने ।

नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उहाँले बंगलादेशको बजारकालागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताए । उनले नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्