Logo
Logo

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै


441
Shares

काठमाडौं । आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । यहि बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट कुनै पनि खाले प्रचारप्रसार गर्न  पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । 

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । चुनावी प्रयोजनका लागि भोलिबाट कुनै पनि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरुले आज अन्तिम चुनावी सभा आयोजना गर्दैछन् ।

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्