तनहुँ । उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् । उनीहरुलाई तनहुँ प्रहरीले दमौलीबाट पक्रेको हो । पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।
मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यस्तै, वैशाख १० मा नै बारा २ र चितवन २ मा पनि उपनिर्वाचन हुँदै छ ।











