Logo
Logo

नेपाल-भारत सीमा नाका ३ दिन बन्द हुने


1.1k
Shares

बारा । यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल–भारत सीमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।

यसैगरी, आइतबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्