
काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गतको खेलमा अलराउन्डर सोमपाल कामीले पनि अर्धशतक बनाएका छन् ।
उनले ४७.२ औं ओभरमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । अर्धशतक बनाउने क्रममा सोमपालले ४० बलमा ८ चौका प्रहार गरे।
आजकै खेलमा कुशल मल्लले पहिलो शतक पूरा गरेका छन् । उनले नेपालका लागि ६४ बल सामना गर्दै १०८ रन बनाएका छन् । उनी ओडिआईमा नेपालबाट सबैभन्दा छिटो शतक बनाउने खलाडी पनि भएका छन्।











