
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।
चौथो विकेटका लागि कुशल मल्ल र भिम सार्कीले ७५ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङस सम्हालेका थिए ।
आफ्नो करियरको पहिलो शतक हान्ने क्रममा कुशलले १०८ रनको महत्वपुर्ण योगदान दिए । आक्रामक ब्याटिङ गरेका कुशलले ५९ बलमा ९ चौका र ६ छक्का हान्दै आफ्नो ओडीआई करियरको पहिलो शतक पूरा गरे।
कुशलले आफ्नो २१ औं ओडिआइ खेलमा शतक प्रहार गरेका हुन् । योसँगै कुशल नेपालबाट सर्वाधिक छिटो शतक हान्ने पहिलो ब्याटर बनेका छन् ।











