Logo
Logo

हवाई भाडा महँगोबारे ईपीएससँग स्पष्टीकरण सोध्ने श्रम मन्त्रालयको निर्णय


819
Shares

काठमाडौं । नेपालबाट कोरिया जाने हवाई भाडा अत्याधिक महँगो भएको भन्दै श्रम मन्त्रालयले ईपीएस कोरियासँगस्पष्टीकरण सोध्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेकाले श्रम मन्त्रालयले पर्यटनमार्फत तीन दिनभित्र जवाफ पेश गर्नेे गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको मन्त्रालयले जनाएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ ? भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले बताएका छन् ।

कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको र ट्रान्जिट भएर जाँदा ७० हजारमात्र भाडा लाग्ने गरेको सन्दर्भमा कोरियन एयरले धेरै भाडा लिएको बारेसमेत ईपीएस कोरियाले जवाफ दिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्