काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण मुलुकमा गम्भीर अवस्था आएको बताएका छन् । गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयताको खारेजीको लागि आन्दोलन, वातावरण सन्तुलनसँगै समुन्नत अर्घाखाँचीको लागि पाँचौ जिल्ला अधिवेशन भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको ५औँ जिल्ला अधिवेशनमा अध्यक्ष केसीले सत्ता स्वार्थका लागि नेपालका राजनैतिक दलहरुले जे पनि गर्दा मुलुकमा विभिन्न खालका समस्याहरु थपिँदै गएको बताए । शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्याले विकराल रुप लिँदै गएको अध्यक्ष केसीको भनाई छ ।

‘संघीयताको विरोध गर्दा जनमोर्चाका कार्यकर्तासम्मले ठाउँ-ठाउँमा कुटाई खाए, म सदनमा एक्लै भए पनि फरक मत राखेँ, जनताको भावनालाई कसैले कहिल्यै पनि बुझेनन्, आज बल्ल गलत थियो भन्ने कुरा समयक्रमले बताउँदै छ । देशमा आर्थिक संकट हुने परिस्थीती निमार्ण भइसकेको छ’, अध्यक्ष केसी भने- ‘पुँजीवादी संंघीयता र गणतन्त्रले जनताको समस्या सामाधान होइन कि झन जनतालाई भारी थप्न्ने कामबाहेक अरु गर्न सक्नेवाला छैन, फेरि एक पटक संघीयता खारेजीका लागि जनता सत्यको पक्षमा न्याए र समानताका पक्षमा बलियो गरि उभ्भिनुपर्ने अवस्था सृजना भएको छ ।’
पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले नेपालमा संविधान जारी भएपछि तीन तहका सरकारहरुले जनतालाई सेवाको उत्पादन र विवरण सरल र सहज तरिकाले दिएका छन् त भनि प्रश्न प्रतिप्रश्न गर्ने बेला आएको बताए । उनले भने- ‘आज रुँदै मिटरब्यजी पीडित हिँड्दै राजधानी पुग्दा समेत प्रदेश सरकार र स्थानीय सरकारले के हेरीरहेको छन् गाउँ गाउँको सिहँदवार कहाँ छ ?’
विदेशी दलाल र पुँजीवादको कारण चुनावमा अब नीती कार्यक्रम बिचार र नेतृत्वभन्दा पनि पैसाको हिसावकिताबमा मात्र प्रतिनिधि चुनिन खोज्दै गर्दा नागरिकता नै नभएको व्यक्तिलाई समेत सांसद र गृहमन्त्रीसम्म बनाउने परिस्थीमा पुगेको भन्दै अध्यक्ष केसीले विकृती विसंगतीको दिनप्रतिदिन मौलाउँदै गएको बताए । सता प्राप्ती र अनेक खालका प्रलोभनका कारण राजनैतिक दलले राष्ट्र र राष्ट्रियलाई गम्भीर खतरा हुने खालका विभिन्न गतिविधिहरु गर्दै जाँदा जनतामा पनि राजनीतिप्रति बृतिष्णा उत्पन्न भई विकल्प खोज्न लागेको केसीको भनाई छ ।
बाजागाजा नाराजुलुससहित सन्धिखर्क बजार परिक्रमा गरि सभाहलमा गरिएको औपचारिक खुल्ला सत्र कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शुरेस थापा, केन्द्रियहरु सदस्य झबिलाल थापा, सागर केसी प्रदेश सल्लाहकार शेरबहादुर बिसी, महिला संघका केन्द्रिय महासचिव शकुन्तला राना, माओवादी केन्द्रका केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारी, नेकपा एमालेका प्रदेश सदस्य जनार्दन खनाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णु भुसाल, नेकपाका तुलाराम बस्याल, पत्रकार महासंघका अशोक खनाल, कर्मचारी संगठनका रामजी भट्टराई लगायत पार्टीका विभिन्न जनवर्गीय संगठनका नेताहरुले अविधेशन सफलताको शुभकामना व्यक्तगरेका थिए ।











