Logo
Logo

तनहुँ-१ का उम्मेदवार भट्टराईलाई आयोगले साेध्याे स्पष्टीकरण


1.8k
Shares

तनहुँ । आचारसंहिता उलंघन गरेको भन्दै तनहुँले क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द् भट्टराइलाई स्पष्टीकरण साधिएको छ ।

मौनअवधि सुरु भइसकेपछि मत मागेको भन्दै उजुरी परेपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँले भट्टराइलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उनले वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकोे समितिले जनाएको छ ।
भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

आज भइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले गत बिहिबार (बैशाख ७ गते) राति १२ बजेदेखि लागु हुने गरी आचारसंहिता जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्