Logo
Logo

तनहुँमा स्वर्णिमको अग्रता, ५ हजार १९ मत ल्याए


1.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् । आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा ५०१९ मत ल्याउँदै वाग्ले अगाडि छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत प्राप्त गरेका छन् । यता तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत प्राप्त गरेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्