Logo
Logo

चितवन-२ : मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै


1k
Shares

चितवन । चितवन–२ को आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।

आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजो देखी नै सुरु हुनु पर्ने मतगणनामा आज(सोमबार) बिहानसम्म सहमति हुन सकेको छैन।

आज सर्वदलीय बैठक बोलाईएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी प्रजिअले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।

सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्