Logo
Logo

बारामा ११ बजेबाट मतगणना गरिने


756
Shares

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा–२ मा ११ बजेदेखि मतगणना थालिने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान ११ बजेबाट मतगणना गर्ने समय टुंगो लगाइएको हो ।

बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । तारजाली लगाएको मतगणना स्थलमा सिसि क्यामेरासमेत जडान गरिएको छ ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्