
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्नेबारे सांसदहरुको सुझाव लिरहेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जनतामा आशा जागृत हुने गरी आगामी बजेट ल्याउनुपर्ने बताएका थिए । यस्तै अर्थमन्त्री ड। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरे । विगतको भन्दा बजेट घटेर आउने अर्थमन्त्री मतहतको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मांग्रेसले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।














